३. मनकामना क्षेत्र विकास समितिको गठन
(१) मनकामना क्षेत्रको सामाजिक, धार्मिक, आर्थिक र साँस्कृतिक पक्षको संरक्षण, सम्बद्र्धन गर्न मनकामना क्षेत्र विकास समिति नामको
एउटा समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) गोरखा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरू – सदस्य
(ग) सभापति, गोरखा जिल्ला विकास समिति – सदस्य
(घ) मनकामना क्षेत्रमा विशिष्ट योगदान दिंदै आएका र सो क्षेत्रको विकासमा चासो राख्ने व्यक्तिहरू मध्येबाट नेपाल सरकारले
मनोनीत गरेका पाँच जना व्यक्तिहरू – सदस्य
(ङ) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, गोरखा – सदस्य
(च) मनकामना क्षेत्रसंग सम्बन्धित गाउँ विकास समितिका अध्यक्षहरू – सदस्य
(छ) सम्बन्धित इलाका सदस्य, जिल्ला विकास समिति, गोरखा – सदस्य
(ज) प्रतिनिधि, युवा खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य
(झ) प्रमुख, मालपोत कार्यालय, गोरखा – सदस्य
(ञ) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) अध्यक्ष तथा मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन् ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यकता अनुसार अन्य स्वदेशी वा विदेशी व्यक्तिहरूलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।